बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा अचार बनाउने तालिम सुरु

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा अचार बनाउने तालिम सुरु

कपन अनलाइन

काठमाडौ,माघ १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा अचार बनाउने तालिम सुरु भएको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ संजीवनी सोसाइटी नामक संस्थाको सहकार्यमा हुने यो कार्यक्रम वडा कार्यालयमा संचालन हुनेछ।

वडा नं ११ का अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अचार बनाउने तालिमको सुभारम्भ गरिएको थियो ।कार्यक्रममा वडा सदस्यहरु विनोद तामांग ,बिमल लामा ,समाजसेवी डेण्डी शेर्पा ,संजीवनी संस्थाका प्रतिनिधि र तालिममा सहभागीहरुको  उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष अधिकारीले यो अचार बनाउने तालिम संग संगै गुडिया बनाउने र बेकरी तालिम संचालन हुने बताए । तालिम प्राप्त गरे पश्चात त्यो शिप आर्थिक उपार्जनमा लगाउनु पर्ने बताए ।

 

 

तपाइँको प्रतिक्रिया ।