चम्पादेवी गाउँपालिका ओखलढुंगाले विभिन्न शिर्षकहरुमा बजेट बिनियोजन गर्यो

चम्पादेवी गाउँपालिका ओखलढुंगाले विभिन्न शिर्षकहरुमा बजेट बिनियोजन गर्यो

कपन अनलाइन

ओखलढुंगा ,माघ १३।

चम्पादेवी  गाउँपालिका ओखलढुंगाले  आर्थिक वर्ष २०७४/०७५ को लागि प्रथम ऐतिहासिक गाउँसभाले विभिन्न शिर्षकहरुमा विनियोजन गरेको छ।

सो गाउँपालिकाले सडकको लागि करिव ९ करोड ५५ लाख, कृषि, उद्योग, कृषि सहकारी र बाणिज्य तर्फ १५ लाख ५० हजार, ठुला तथा साना खानेपानी आयोजना तर्फ १ करोड ३० लाख, बातावरण तथा विपत्त व्यवस्थापन तफ १ करोड ८७ लाख, सिचाई तफ ५० लाख, भवन तथा विद्युत तर्फ २ करोड २३ लाख, संचार तर्फ ३ लाख बजेट बिनियोजन गरेको छ ।

धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षण तर्फ ४० लाख, लक्षित बर्ग तर्फ १५ लाख, शिक्षा तर्फ १० लाख, स्वास्थ्य तर्फ २७ लाख २४ हजार, युवा कार्यक्रम तर्फ २० लाख, सामान्य सेवा तर्फ २० लाख, शुसासनका लागि १७ लाख ७५ हजार लगाएतका योजनाहरुमा बजेट विनियोजन गरेको छ ।

फोटो सौजन्य : सुजन पौडेल

तपाइँको प्रतिक्रिया ।