राधाकृष्ण युवा समुह बुनपा १२ ले फैका चोक देखि तेन्जिंग चोक सम्म पोलहरुमा बत्ति जडान गर्यो

राधाकृष्ण युवा समुह बुनपा १२ ले फैका चोक देखि तेन्जिंग चोक सम्म पोलहरुमा बत्ति जडान गर्यो

कपन अनलाइन 

काठमाडौ,माघ ११ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा स्थापना भएर विविध सामाजिक गतिविधि गर्दै आएको राधाकृष्ण युवा समुहले वडाको फैका चोक देखि तेन्जिंग चोक सम्म बिजुलीका पोलहरुमा बत्ति जडान गरेको छ ।

रातिको समयमा आवत जावतमा समस्या आएको स्थानीय बाट गुनासो आएपछि बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सहयोगमा बत्ति जडान गरिएको हो । बत्ति जडान पश्चात त्यस क्षेत्रमा पैदल हिड्नेहरुलाई सहयोग पुगेको छ भने त्यस क्षेत्रमा हुने अवान्छित गतिविधिहरुको  पनि नियन्त्रण भएको एक एक स्थानीयले बताए ।

तपाइँको प्रतिक्रिया ।