“बूढानीलकंठ स्वास्थ्य चौकी” र “कपन स्वास्थ्य चौकी” को स्तरउन्नती गरीने
कपन अनलाइन
काठमाडौ,माघ १० ।
बूढानिलकण्ठ नगरपालिका अन्तर्गत “बूढानीलकंठ स्वास्थ्य चौकी” र “कपन स्वास्थ्य चौकी” लाई स्तरउन्नती गरीने भएको छ। प्रदर्सन लार्य्क्रम का रुपमा संचालनमा अाएको यस “शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र” को सेवा हाल स्वास्थ्य चाैकिमा एकिकृत हुने भएकाले यस क्षेत्रको जनताले अझ गुनस्तरिय सेवा प्राप्त गर्ने अवसर पाउने भएका छन्।
यसैक्रममा जनस्वास्थ्य शाखा बूढानीलकण्ठ, स्थानिय बूढानीलकण्ठ-११ वडा कार्यालय र कपन स्वास्थ्य चौकीकाे सक्रियतामा प्रकृया अघि बढाईरहिएकाे छ। निर्देशिका अनुसार वडा अध्यक्ष राजु अधिकारीकाे अध्यक्षतामा ताेकिए बमाेजिमको व्यवस्थापन समिति गठन गरि अाज बैठक सम्पन्न भएकाे छ।
बैठकले ५ सदसिय भवन निर्माण समिति गठन गरि दु्त गतिमा सम्बन्धित सबै प्रकृया अगाडि बढाउने निर्णय गरेको कुरा समितिका सदस्य सचिव कपन स्वास्थ्य चौकीका इन्चार्ज कामदेव अाचार्यले बताए।
नगर उप-प्रमुख रमा देवी राइकाे बिशेष उपस्थिती मा सम्पन्न भएकाे उक्त बैठक पहिलो भएकाले यस सम्बन्धमा समितिलाई अन्याैलता नरहाेस भनि जन-स्वास्थ्य शाखा का संयाेजक एवं शहरि स्वास्थ्य प्रवर्द्धन केन्द्रका सदस्य समेत रहनुभएका भवानी दाहाल द्वारा बिषय प्रष्ट पारीएको थियो। समितिको संरक्षकमा प्रमुख र उप-प्रमुख रहने व्यवस्था छ।