नेपाल र भारत विच भएका सन्धिहरु समय अनुकुल परिवर्तन हुनुपर्छ :डा.राजन भट्टराई

नेपाल र भारत विच भएका सन्धिहरु समय अनुकुल परिवर्तन हुनुपर्छ :डा.राजन भट्टराई

कपन अनलाइन 

काठमाडौ,माघ ९ ।

नयाँ  बन्ने सरकारले भारत सँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा नेकपा एमालेका केन्द्रिय सदस्य  एवम नेपाल भारत प्रबुद्ध समुहका सदस्य  डा .राजन भट्टराईले जोड दिएका छन् ।आज रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा उनले यो धारणा राखेका थिए।

डा. भट्टराई ले १९५० को सन्धीका केहि बुदाहरुमा परिवर्तनका लागि छलफल भैरहेको बताउदै नया बन्ने सरकारले यस विषयमा ठोस निर्णय गर्ने बताए ।

डा. भट्टराईले निश्चित हाम्रा मामलाहरू,बिषयहरु र निर्णय गर्ने अधिकार नेपाली र जननिर्वाचित प्रतिनिधिहरुले गर्न पाउनु पर्ने बताए।

उनले  भारतसँगको सम्बन्धलाई अन्तरास्ट्रिय कानुन,मुल्य मान्यता  र अभ्यास अनुसार अगाडी बडाउनु पर्ने बताए । उनले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले हस्तक्षेप गर्न नहुने तर्क राखेका थिए ।भारतसँगको सम्बन्ध बलियो बनाउनुमा नेपालको हित हुने उनले जिकिर गरे ।

तपाइँको प्रतिक्रिया ।