आधारशिला समूहले वृक्षारोपण गर्यो

कपन अनलाइन

भाद्र १ गतेको अवसर पारेर कपन गाविसको सबैभन्दा पुरानो क्लबको रुपमा परिचित आधारशिला समूहले आज एक अनौपचारिक कार्यक्रमबीच वृक्षारोपण गरेको छ । कपन वडा नं.  ६ मा रहेको ढुंगेपाखोमा आज करिब २०० वृक्षारोपण गरियो । ढुंगेपाखो भएकोले पहिरोको पनि डर हुने गरेको यो सार्वजनिक क्षेत्रमा यस अघि पनि वृक्षारोपण भएको छ । तर उचित स्याहार संभारको अभावमा ती बिरुवाहरु अधिकांश मरेका छन् भने कतिपय बाँचे पनि जत्रो रोपेको त्यत्रै रहेको अवस्थामा रहेको छ ।

 

DSC_0746आज बिहान आयोजित वृक्षारोपण कार्यक्रममा आधारशिला युवा समूहका प्रतिनिधिहरुसहित कपनका राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरुले वृक्षारोपणमा सहभागिता जनाएका थिए । कपुर, धुपी, गोब्रे सल्लो, असारेफूल लगायतका बिरुवाहरुको बृक्षारोपण गरिएको कार्यक्रमपछि आधारशिला समूहका अध्यक्ष राधेश्याम कार्कीले कपन अनलाइनसँग कुरा गर्दै वृक्षारोपण गरिएको बिरुवाहरुको उचित स्याहारमा पनि संस्थाले ध्यान दिने बताए ।

 

वातावरीणरुपले विस्तारै कमजोर हुँदै गएको कपन गाविसमा वृक्षरोपण गर्नु र त्यसको उचित स्याहार संहार गर्नु सबैभन्दा ठूला काम हुने हो । कपनमा रहेका केही सार्वजनिक क्षेत्रमा हरेक साल वृक्षारोपण हुने गरेको छ । तर उचित स्याहर संभारको अभावले हरियाली भने प्राप्त गर्न सकिएको छैन । यसको मूख्य कारण वृक्षारोपण त गर्ने तर वृक्षारोपण गरिसकेपछि एकपटक पनि फर्केर नहेर्ने पवृत्ति रहने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।