कपनमा आयोजित जनसभालाई प्रचण्डद्वारा सम्बोधन
कपन अनलाइन सम्वाददातासागर लुइँटेल
ए.ने.क.पा. माओवादी निर्वाचन क्षेत्र नं. ४ ले १ महीने अभियानको कपन मिलनचोकमा वृहत जनसभा गरी समापन गर्यो । आज आयोजित जनसभामा ए.ने.क.पा. माओवादीका अध्यक्ष प्रचण्डलगायत १ दर्जन केन्द्रीय नेताहरुको उपस्थिति थियो ।
जनसभामा अध्यक्ष प्रचण्डले गीतकार वुलु मुकारुम, जनशक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मण राज सत्याल लगायत ४०० जनालाई टीका लगाई खादा ओडाई पार्टी प्रवेश गराए । अध्यक्ष प्रचण्डले कार्यक्रममा हामीले कांग्रेस एमालेसंग सहमती खोज्नाले सम्विधानसभामा असहमत भएको भन्दै अबको निर्वाचनमा एमाओवादीलाई सरकार बनाउन र सम्विधान जनमत प्रदान गर्न आहवान गरे । साथै चुनाव भाड्ने तत्वहरुलाई जनताले लखेट्ने र अबको सम्विधानसभाले सम्विधान दिने ग्यारेन्टीसमेत गरे । कार्यक्रमलाई केन्द्रिय सदस्य गंगा कार्की तथा गोबिन्दकृष्ण अधिकारीले पनि सम्बोधन गरेका थिए ।