बुढानिलकण्ठ नगरपालिकाको योग जागरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ ६।
बुढानिलकण्ठ नगरपालिकाले योग जागरण कार्यक्रम सम्पन्न गरेको छ ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० को व्यवस्थापनमा बाल उद्दार मावीको हलमा भएको सो कार्यक्रममा नगरपालिका भित्र योग सिविर संचालन गरिरहेका योग साधना केन्द्र र स्थानीयहरुको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेलको प्रमुख आतिथ्यतामा भएको सो जागरण कार्यक्रममा उप प्रमुख रमा राई ,डा.हरी प्रसाद पोखरेल,डा.रामप्रसाद उप्रेती ,चन्द्र प्रसाद सिवाकोटी लगायत विभिन्न वडाका अध्यक्षहरु र सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले योगको महत्व र उपयोगिताका वारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख खरेलले मानव जीवनमा स्वास्थ्यको महत्व वारे प्रकाश पार्दै नगरमा योग केन्द्र स्थापनमा पहल गर्नुपर्ने र त्यसमा आफु निकै सकारात्मक रहेको बताए ।उनले नगरपालिकामा उचित स्थान छनौट गरेर योग केन्द्र निर्माण गर्न र त्यस मार्फत योगको प्रवर्धन गर्न सबै लाग्नुपर्ने बताएका थिए ।
कायक्रमको संचालन बुनपा १० का अध्यक्ष नवराज भट्टराईले गरेका थिए ।