कपन गाविसको कामप्रति जिविस काठमाडौं खुशी भयो

कपन अनलाइनकाठमाडौं जिल्ला विकास समिति कपन गाविसको ०६९ ७० को कार्य प्रगति विवरणप्रति खुशी व्यक्त गरेको छ । जिविस काठमाडौंका योजना अधिकृत भिष्मकुमार मल्लले आज कपन आयोजित एक कार्यक्रममा यो खुशी व्यक्त गरेका हुन् । कपन गाविसको बार्षिक आयव्यय विवरणमाथि समिक्षा गर्न राखिएको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका मल्लले अब कपनजस्तो महानगरपालिकासँग जोडिएको गाविसले महानगरपालिकासँग मिलेर विकासका साझा योजना निर्माण गर्न सुझाव पनि दिए ।

 

कपन गाविसको प्रशंसा गर्दै जि.वि.स.का भिष्मकुमार मल्ल
कपन गाविसको प्रशंसा गर्दै जि.वि.स.का भिष्मकुमार मल्ल

गाविसले नियमित रुपमा गर्ने वार्षिक आयव्ययको समिक्षा यसपाला कपन ३ स्थित मिलनचोक पार्टी भेन्यूमा भएको थियो । कार्यक्रममा गाविस सचिवले यसवर्ष भए तथा गरिएका कार्यक्रमहरुको प्रतिवेदन पेश गरेका थिए । उनको प्रतिवेदनमा गाविसको आम्दानी एवम् खर्चलाई बुँदागत रुपमा प्रस्तुत गरिएको थिया् । गत आर्थिकवर्षमा भएका पंजिकरणका सबै दर्ता विवरण पनि गाविस सचिवले प्रतिवेदनमा उल्लेख गरेका थिए । प्रतिवेदनमा जेष्ठ नागरिक र एकल महिलाको नामवलीसहित यसवर्ष नक्सा पास भएर बनाइएको घरहरुको संख्यासमेत उल्लेख गरिएको छ ।
सचिवले समिक्षा बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा गाविसमा रहेका विषयगत समितिहरुको नामावलीका साथमा गत आर्थिक वर्षमा गरिएका महत्वपूर्ण कार्यक्रमहरुको विवरण पनि समावेश थियो । प्रतिवेदनको अन्तिममा कपन गाविससमा रहेको विभिन्न सम्भावना र चुनौतिलाई समेत समेटिएको थियो ।

 

कार्यक्रमका सहभागीहरू
कार्यक्रमका सहभागीहरू

कपन गाविसमा रहेका राजनीतिक दलहरुका प्रतिनिधि, विभिन्न संघसंस्थालगायत सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा आयोजित समिक्षा कार्यक्रममा दलहरुको प्रतिनिधिको रुपमा शिव बजगाईं, विनोद चालिसे, ध्रुव न्यौपाने, टीका नगरकोटी, राजाराम सिलवाल, अनिता उप्रेती, विनोद पौडेललगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रम भनिए पनि प्रतिवेदनप्रति टिप्पणी गर्नेहरुको संख्या उल्लेख्य थिएन । कार्यक्रमको अन्त्यमा केही सहभागिले केही सुझावहरु प्रस्तुत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।