चन्द्रागिरी नगरपालिका वडा नं ६ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

चन्द्रागिरी नगरपालिका वडा नं ६ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,माघ ५ ।

चन्द्रागिरी नगरपालिका वडा नं ६ महादेवस्थानमा गुमाल चौकी महिला समूहको आयोजनामा  जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमामा प्रमुख अतिथि प्रदेश ३ काठमाडौ निर्वाचन क्षेत्र नं १० प्रदेश ख बाट बिजयी भएकी रमा आले मगर रहेकी थिइन् भने बिशेष अतिथि चन्द्रागिरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष संजय सिग्देल,वडा सदस्यहरु,गुमाल चौकी महिला समूहका पदाधिकारी ,विभिन्न राजनीतिक दलका नेता र जेष्ठ नागरिकहरुको उल्लेख्य  उपस्थिति रहेको थियो।  उक्त कार्यक्रमको सभाध्यक्षता गुमाल चौकी महिला समूहकी  अध्यक्ष जानकी बस्नेत रहेकी थिइन ।

कार्यक्रम संचालन राम कुमार केसीले गरेका थिए ।  उक्त कार्यक्रममा ७० वर्ष माथिका करिब ८० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश ३ काठमाडौँ निर्वाचन क्षेत्र नं १० प्रदेश ख बाट बिजयी भएकी रमा आले मगरले जेष्ठ नागरिकको हक हित्को लागि काम गर्ने बताएकी थिइन् ।

उनले आगामी दिनमा  जेष्ठ नागरिकहरुले आर्जन गरेको ज्ञान शिप र अनुभब बिकासमा लगाउनु पर्ने बताएकी थिइन्।कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष संजय सिग्देलले  जेष्ठ नागरिकहरुको लागि वडा सदैब सकारात्मक रहेको बताएका थिए। उनले  वडा बाट जेष्ठ नागरिकलाइ सधै सहयोग रहने बताउदै आयोजकलाई  धन्यबाद दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया ।