बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा तेक्वान्डो  प्रतिष्पर्धा सुरु

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा तेक्वान्डो  प्रतिष्पर्धा सुरु

कपन अनलाइन

काठमाडौँ,माघ ५ ।

बुढानिलकण्ठ नगरपालिका  वडा नं १०  कपन मा रहेको  जुगल इंगलिस मेडियम स्कुलमा कपन डोजांग र जुगल स्कुलको संयुक्त रुपमा आयोजना गरेको अन्तर बिद्यालय तेक्वान्डो प्रतिष्पर्धा जुगल स्कुलको प्राङ्गणमा सुरु भएको छ।विभिन्न २४ विद्यालयका २०० भन्दा बढी विद्यार्थी सम्मीलित अन्तर-विद्यालय तेक्वान्डो प्रतिस्स्पर्धाको  उद्दघाटन भएको छ ।

उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई  काठमाडौँ जिल्ला खेलकुद विकास समितिकाअध्यक्ष धुर्बराज न्यौपाने , समाजसेबी मिठाराम अधिकारी ,बिभिन्न विद्यालयका प्रिन्सिपल र सहभागी बिद्यालयका प्रतिनिधि सहित बिद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

हिजो बाट सुरु भएको उक्त प्रतिष्पर्धा शनिबार समापन हुने  जुगल स्कुलका  प्रिन्सिपल  बिबेक विनयीले कपन अनलाइन लाइ बताए ।साथै उनले  सरस्वती पुजाको अवसरमा विद्यालयले निशुल्क भर्ना सहित  नेपालका ख्याती प्राप्त कलाकारको साथमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागेको  बताए  ।

 

 

 

तपाइँको प्रतिक्रिया ।