राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण तथा ब्यबस्थापन समितिको बैठक सम्पन्न

राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण तथा ब्यबस्थापन समितिको बैठक सम्पन्न

कपन अनलाइन 

काठमाडौ,माघ ५।

राष्ट्रिय सहिद तथा शान्ति पार्क ( स्मारक) पार्क निर्माण तथा ब्यबस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

सो बैठकमा काठमाडौं क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य कृष्ण रार्ई, प्रदेस सभा सदस्य रामेश्वर फुयाल ,बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल, कागेश्वारी मनोहरा नगरपालिका प्रमुख कृष्ण हरी थापा ,गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपाल लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा आयोजना प्रमुख सुधिना कुइकेल ले आयोजना समयमा सम्पन्न गर्न गरिएको तयारीका वारेमा जानकारी दिएकी थिइन् भने समितिका अध्यक्ष सुदर्शन सिग्देलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकले सहायक पार्कहरुको निर्माण कार्ययोजनाको वारेमा छलफल गर्नुका साथै यस वर्षको सहित दिवस मूल समरोह समिति गठन गरेको अध्यक्ष सिग्देलले बताए ।

बैठकमा उपस्थित अतिथिहरुले जति सक्दो चाडो यो पार्क निर्माण सम्पन्न हुनुपर्ने बताउदै त्यसका लागि सहयोग गर्ने बताएको अध्यक्ष सिग्देलले बताए ।

तपाइँको प्रतिक्रिया ।