साँफे—मार्तडी राजमार्ग तीनदिन बन्द

साँफे—मार्तडी राजमार्ग तीनदिन बन्द

कपन अनलाइन 

बाजुरा, ४ माघ । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ । सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी.एस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताएका छन  ।

उनले सडकमा रहेको ढुंगा नफुटाउँदा वर्षायाममा सडकमा आउने हुँदा ढुंगा फुटाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । ढुंगा फुटाउने क्रममा विभिन्न दुर्घटना हुने भएकाले सार्वजनिक सूचनामार्फत यातायात व्यवसायी, स्थानीय लगायतलाई जानकारी गराएको थापाले जानकारी दिए । सडक निर्माणमा बाधा नपु¥याउन सबैमा कम्पनीले आग्रह गरेको छ ।

सडक निर्माणमा बाधा भएमा कम्पनी जिम्मेवार नहुने थापाको भनाइ रहेको छ । मार्तडीसम्म चल्ने सवारीका साधन बूढीगंगा नगरपालिकाको बल्देमा मात्र चल्ने भएका छन् ।

तपाइँको प्रतिक्रिया ।