चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एक महिलाको मृत्यु

कपन अनलाइन

चितवन,माघ २ ।
चितवनको खैरहनी नगपालिका-८ मा आज ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडी बस्ने ५० वर्षीया रनमाया भन्ने राम मायां कुमाल रहेकी छिन् । ट्रकको ठक्करबाट कुमाल गम्भिर घाईते भई उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा दिउँसो २ बजे मृत्यु भएको थियो ।

दुर्घटनामा स्कुटर चालक रत्ननगर बस्ने ५० वर्षीय शेर बहादुर कुमाल पनि घाईते भएका छन् । घाईतेको सोही अस्पतालमा उपचार भैरहेको छ । आज दिउँसो पौंने १ बजे ग १ क २९४६ नम्बरको ट्रकले ना ४५ प ४३९१ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा दुर्घटना भएको हो। ट्रक चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया ।