सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता स्वयम्भू हल्चोकमा शुरु

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता स्वयम्भू हल्चोकमा शुरु

कपन अनलाइन
काठमाडौं, माघ २।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हल्चोकमा यही माघ २ गतेदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिता २०७४’ संचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा माघ ६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा फुटबल तथा भलिबल खेल हुनेछ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले हल्चोक स्थित सशस्त्र प्रहरी बलको रंगशालामा आयोजित एक समारोहका वीच भलिबलका राष्ट्रिय रेफ्री विजय के.सी. तथा फुटबलका राष्ट्रिय रेफ्री सहदेव श्रेष्ठलाई बल हस्तान्तरण गरी प्रतियोगितको शुभारम्भ गरेका छन्।

त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कुमार श्रेष्ठले सो प्रतियोगिता सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा काठमाडौं उपत्यका स्थित महानगरीय सशस्त्र प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको पाँच वटा बाहिनी गरी कूल ६ वटा टिम रहेको छन । प्रतियोगिताका खेलहरु लिगकम नकआउटको आधारमा खेलाइने छ ।

प्रतियोगिताको आज सम्पन्न भएको खेलहरुमा भलिबलतर्फ पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी टिम विजयी भएको छ । सो टिमले सशस्त्र प्रहरी बल नेपाल महानगरीय सशस्त्र प्रहरी कार्यालय टिमलाई २५–१८, २५–१२ र २५–१२ को सोझो सेटले पराजीत गरेको थियो ।

यसैगरी आजै सम्पन्न भएको फुटबल खेलमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी टिमले सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बैद्यनाथ बाहिनी टिमलाई शुन्यको विरुद्ध दुई गोलले पराजीत गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले २०६१ सालमा एपीएफ क्लवको स्थापना गरी खेलकुद गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

यसै क्रममा फूटबल, भलिबल, एथलेटिक्स, लनटेनिस, व्याडमिन्टन लगायत विभिन्न विद्याका खेलहरुमा सहभागीता जनाई राष्ट्रिय प्रतियोगितामा दुई हजार ८१ तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक सय गरी कूल भन्दा २ हजार १ सय ८१ पदक हासिल गर्न सफल भएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल, सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरु र नेपाल भलिबल संघ तथा एन्फाका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बलका खेलाडीहरुको उपस्थिती रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।