चौथो तारेभिर महोत्सव सकियो

चौथो तारेभिर महोत्सव सकियो

कपन अनलाइन 

काठमाडौ,माघ २।

चौथो तारेभिर महोत्सव आज सम्पन्न भएको छ ।माघ १ र २ गते भएको महोत्सव तारेभिर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा सहित समापन भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौ क्षेत्र नं ३ प्रदेस २ का प्रदेस सदस्य रामेश्वर फुँयाल रहेका थिए ।

पुर्व प्रधानमन्त्रि ,प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य ,तिन नगरपालिका प्रमुख ,उपप्रमुख र अन्य जनप्रतिनिधि उपस्थित रहेको पहिलो दिन तारेभिरले मुहार फेर्ने सबै वक्ताको मन्तव्यको केन्द्र भागमा थियो ।

काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको यस क्षेत्रले केहि संघर्ष गर्नु परिरहेको छ ।यहाँ उच्च शिक्षा ग्रहण गर्न अझै जंगल छिचोल्दै १ घण्टा  यात्रा गर्नु पर्ने बाध्यतामा रहेका विधार्थीहरु छन ।यहाँ वर्ष भरि उब्जनी हुनु पर्ने जमिन १/२ बाली लगाएर अरु समय बाझो बस्ने गरेका छन । पर्यटन विकासको लागि आवस्यक पूर्वाधारको कमि छ ।

यी संघर्षका बावजुत अहिले महोत्सवको प्रभाव र उर्जाले ति विधार्थीमा आफ्नो स्थान बदल्ने सक्रियता विकास भएको छ ।अनि यहाका किसानहरुमा उत्पादनले स्थान पाउदो रहेछ भन्ने विस्वास जागेको छ ।अनि देशको उच्च तह देखि स्थानीय जनप्रतिनिधिको नजर र अठोटमा तारेभिर परेको छ ।

चौथो महोत्सव सम्म आइपुग्दा बल्ल स्थानीय महिलाहरु संगठित रुपमा अगाडी आएका छन जसले त्यस क्षेत्रको सामाजिक वातावरणमा निकै सकारात्मक प्रभाव पारिरहेको छ ।अव केवल सानो पहल कदमीले पनि यस क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र बनाउन सकिने देखिन्छ ।

जव पहिलो दिन ३ वटा नगरपालिकाका प्रमुखहरुले पर्यटनलाई र यस क्षेत्रको विकासलाई केन्द्रमा राखेर व्यक्त गरेको विचार कार्यान्वयन हुने हो भने अव काठमाडौं उपत्यकाका विभिन्न दिशाका पहाड जाने आन्तरिक र बाह्य पर्यटकको गन्तव्य शिवपुरी बन्ने सम्भावना निकै पढेको छ ।

शिवपुरी क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सडक , गाँस, बास र आधारभूत आवस्यकता पुरा गर्न तर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

अव बुढानिलकण्ठ नगरपालिका बाट पसेर शंखरापुर बाट निस्कन सक्ने पदयात्रा मार्ग र भ्रमण मार्ग बनाउने योजना बनाउन सके एक पटक काठमाडौं का आन्तरिक पर्यटक हरुको ध्यान यस क्षेत्रले खिच्नेछ ।र यो योजनाको पहलकदमी लिने नगर प्रमुखहरुले संकेत दिएका छ ।

अहिले बाहिर प्रदर्शनमा निस्केका मौलिक सामग्री र उत्पादनहरुले  अव महोत्सव बाहेक अन्य समयमा पनि पाउने अवस्था सृजना भएको छ जसले तारेभिरको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

त्यसको संकेत चौथो तारेभिर महोत्सव मूल आयोजक समितिका संयोजक हर्क बहादुर तामांगको अभिव्यक्तिले पनि दर्शाउछ ।उनि भन्छन अव ३६५ दिन नै पाहुनाहरुको स्वागत गर्न हामि तयार छौ ।उनले थपे अव बाटो बन्यो यस पछी हामि पाहुना भित्राउने गतिविधिमा लाग्दैछौ ।

अव शिवपुरी शिर बाट हिमाल हेर्दै  सुर्यास्त हेरेर विहान सुर्योदयको आनन्द लिएर मान्छे फर्कने वातवरण बनाउने एक स्थानीयले बताए शिवपुरी शिर बाट हिमाल हेर्दै फर्कने वातावरण बनाउने एक स्थानीय उत्साहित हुदै बताए।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।