कामपा वडा नं.७ चाबहिलमा सात दिने कालिगढ़ तालिम सम्पन्न

कामपा वडा नं.७ चाबहिलमा सात दिने कालिगढ़ तालिम सम्पन्न

कपन अनलाइन 

काठमाडौ,पौष २९। नेपाल सरकार सहकारी विकास मन्त्तालय केन्द्रीय कार्यन्वयन इकाई,जिल्ला योजना कार्यन्वयन इकाई र काठमाडौं महा नगरपालिकाको आयोजनामा कामपा वडा नं ७ मा आयोजना भएको सात दिने कालिगढ़ तालिम सम्पन्न भएको छ ।

उत्त कार्यक्रमका प्रमुख अतिथि इ. बसन्त कुमार राई रहेका थिए भने अतिथिहरु कामपा वडा नं ७ का वडा सदस्य कृष्णमणि भट्टराई, कृष्ण प्रसाद गिमिरे, नीर्मला पुडासैनी, इ. नर कान्त सापकोटा, लिला खतिवडा, श्याम पाण्डे र डी स सी एवम तालिमका प्रशिक्षक रबिन चौलागाई रहेका थिए ।

प्रमुख अतिथिको आसन बाट बोल्दै राईले यस तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्न सके सार्थक हुने बताएका थिए ।

कार्यक्रमका सभापति एवम कामपा वडा नं ७ का वडा अध्यक्ष सुद्ध कुमार डंगोलले प्ररीक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न आफुले पाएको ज्ञान अरुलाई सिकाउन आग्रह गर्दै आफ्नो वडामा यस किसिमको तालिम गर्न पाएकोमा खुशी ब्यत्त गरेका थिए ।

तालिमका प्रशिक्षक रबिन चौलागाईले सुरक्षित घर निर्माण गर्न यस तालिमले टेवा पुग्ने हुँदा घर बनाउदा स्थान, निर्माण सामग्री, घर निर्माणका आकार, दक्ष् प्राविधिक र दक्ष् कलिगढ़ र भूकम्प प्रतिरोधात्मक घर निर्माण समन्धी जन चेतना हुन् सकेमा तालिम सार्थक हुने बताएका थिए ।

उत्त कार्यक्रमका सहभागी महिला प्ररिक्षार्थी सरिता सापकोटाले यस तालिमबाट आफुहरुले धेरै ज्ञान हासिल गर्न सफल भएको र  भूकम्प प्रतिरोधात्मक घर निर्माण सवन्धि जानकारी प्राप्त गर्न सकेको कपन अनलाइनलाई बताइन ।

३२ पुरुष र १ महिला गरि कुल ३३ जना सहभागी भएको उत्त तालिम पौष २३ गते देखि २९ गते सम्म कामपा वडा नं ७ को वडा भवनमा संचालन रहेको थियो । आजको प्रमाण पत्र वितरण कार्यक्रमको संचालन जिल्ला योजना कार्यन्वयन इकाईका सब इ. गणेश ठकुल्लाले गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।