माघ १ गते बाट बुनपा १० ह्यान्डवल चौरमा फुटवल प्रशिक्षण हुने

माघ १ गते बाट बुनपा १० ह्यान्डवल चौरमा फुटवल प्रशिक्षण हुने

कपन अनलाइन 

काठमाडौ,पौष २९ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्यान्डवल चौरमा फुटवल प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति काठमाडौं र बुढानिलकण्ठ नगरपालिकाको सहयोगमा हुने उक्त प्रशिक्षण कार्यक्रमको व्यवस्थापन बेख सिद्धेश्वर युवा क्लवले गरेको छ ।

रास्ट्रिय तथा अन्तरास्ट्रिय प्रशिक्षकहरु वाट प्रशिक्षण प्रदान गरिने उक्त कार्यक्रममा १६ वर्ष भन्दा मुनिका महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन ।

प्रशिक्षण मा सहभागिता जनाउन चाहने खेलाडी हरुले व्यवस्थापक बेख सिद्धेश्वर युवा क्लव बुनपा १० मा सम्पर्क राख्न सकिने क्लव श्रोतले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।