नेपाल सितोरियो डो संघ बुढानिलकण्ठले रेफ्री तथा खेलाडीहरुलाई सम्मान गर्यो

नेपाल सितोरियो डो संघ बुढानिलकण्ठले रेफ्री तथा खेलाडीहरुलाई सम्मान गर्यो

कपन अनलाइन 

काठमाडौ,पौष २९।

नेपाल सितोरियो डो  संघ बुढानिलकण्ठले अन्तर्राष्ट्रिय रेफ्रीहरु तथा खेलाडीलाइ बधाई तथा सम्मान कार्यक्रम आयोजना  गरेको छ।

आज पौष २९ गते बिहान बुढानिलकण्ठमा भएको कार्यक्रममा प्रमुख अतिथि  काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेल र अतिथिहरुमा प्रदेस क्षेत्र २ का सदस्य दीपक निरौला , रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसव कुमार विस्ट ,बुढानिलकण्ठ वडा नं ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ ,डो  संघका प्रशिक्षक लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पोखरेलले राजनीतिक आन्दोलन समाप्त भएकाले आर्थिक समृद्धि र खेलकुद क्षेत्र बिकासको मुहान फुटने बताउदै अब बन्ने सरकारले खेलकुदको बिकासमा महत्त्वपूर्ण भुमिका रहने र खेलकुद क्षेत्रमा साधन श्रोतको अभाव नहुने बताएका थिए ।

फोटो सौजन्य : प्रभात विक्रम कटवाल

तपाइँको प्रतिक्रिया ।