नेपाल मेडिकल कलेज आत्तरखेलमा मजदुर संगठन गठन

नेपाल मेडिकल कलेज आत्तरखेलमा मजदुर संगठन गठन

कपन अनलाइन 

काठमाडौ,पौष २९।

नेपाल मेडिकल कलेज आत्तरखेलमा मजदुर संगठन गठन भएको छ ।काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई को प्रमुख आतिथ्यता मा भएको सो गठन कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र नं २ का प्रदेस सभा सदस्य रामेश्वर फुयाल लगायत विभिन्न मजदुर नेता तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कर्मचारीहरुको भेलाले गठन गरेको कमिटीमा संयोजक राजकुमार श्रेष्ठ रहेका छन भने सह संयोजक र सचिवमा क्रमस रोहीणी पौडेल र रामचन्द्र निरौला रहेका छन ।त्यसतै सो भेलाले सदस्यहरुमा  शर्मिला अधिकारी,मदन श्रेस्ठ,हरिमाया गुरुङ र सुरेस काफ्लेलाई चयन गरेको छ ।

संगठन स्थापना पश्चात सो मेडिकल कलेजमा कार्यरत कर्मचारी हरुको पेशागत हक र अधिकारको संरक्षणमा महत्वपूर्ण काम गर्न सकिने कार्यक्रमका बक्ताहरुले बताएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।