पोलमा राखिएका तार व्यवस्थित गर्न दुर संचारलाई बुनपा १२ को पत्र
कपन अनलाइन
काठमाडौ,पौष २९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले नेपाल दुर संचार प्राधिकरण कपन शाखालाई पत्र लेख्दै वडाका विभिन्न स्थानमा अव्यवस्थित रहेका तारहरु व्यवस्थित गर्न अनुरोध गरेको छ ।
वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले लेखेको पत्रमा तारहरु अव्यवस्थित रहदा दुर्घटनाको जोखिम रहेकोले यथासिघ्र त्यस्ता तारहरु र अन्य सामग्रीको व्यवस्थापन गर्नुपर्ने जनाएका छन।साथै पत्रमा वडामा नया रहेका पोलहरुमा पनि दुर संचारका तारहरु व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।