जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रको निरीक्षण गरे

जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रको निरीक्षण गरे

कपन अनलाइन 

काठमाडौ,पौष २८

काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठले आज डल्लु आवास क्षेत्रको निरीक्षण गरेका छन ।श्रेष्ठ संगै निरीक्षणमा  रेञ्जर रेजिमेन्टका रेजिमेन्टपति महासेनानी अनुप जङ्ग थापा,डल्लु अावास क्षेत्रका अध्यक्ष राजा शाक्य,कामपा वडा नं १५ का अध्यक्ष ईश्वर मान डंगोल र  अावासका प्रबुद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो।

श्रेष्ठले निरीक्षणको क्रममा आवास क्षेत्रमा भएका विकासका कामहरु ,आगामी दिनमा गर्नु पर्ने काम र क्षेत्रका विवध पक्षको वारेमा जानकारी लिएका थिए ।

डल्लु अावास क्षेत्रकाे सुविधायुक्त नमुना अावास क्षेत्र बनाउन डल्लु अावास स्थानीय सहयाेग समितिले एक कार्य पत्र बनाएर विकासका कार्यहरू धमाधम गर्दै अाईरहेका छन् । स्थानीय, प्रदेश तथा प्रतिनिधिकाे निर्वाचन पछि डल्लु अावासकाे विकासलाई अझ शसक्त बनाउन यस समितिले प्रतिनिधि तथा स्थानीय सरकारका प्रमुखसंग निरन्तर छलफलहरू भई रहेका छन् ।

यस क्षेत्रमा ईन्टरनेश्नल मल्टिप्रपाेज बिल्डिङ्ग, बाटाेघाटाेका जिर्णाेध्दार, डिपबाेरिङ्ग, पार्कहरू बनाउने याेजनाहरूलाई यस समितिकाे कार्य पत्रमा दर्शाए अनुसार कामहरू निरिक्षण गरिएको  थियाे ।

यस निरिक्षण कार्यमा महासेनानी अनुप जङ्ग थापाले डल्लु अावास क्षेत्र साँच्चै व्यवस्थित नमुना अावास क्षेत्र बन्दै गरेकाेमा प्रशंसा गर्नु भएकाे थियाे भने माननीय सांसद जिवनराम श्रेष्ठले यस अावास क्षेत्रमा बन्न लागेकाे ईन्टरनाश्नल मल्टिप्रपाेज बिल्डिङ्गबाट अावास क्षेत्रकै नमुना अावास क्षेत्र बन्ने कुनै दुई मत नहुनुका साथै यस अावास क्षेत्रकाे विकासमा ठुलै उपलब्धि हुने कुरा बताए  ।

फ्तो सौजन्य :निरज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।