हिमनदी पर्यटन सहकारी संस्था लिमिटेडको चौथौं बार्षिक साधारण सभा सम्पन्न

हिमनदी पर्यटन सहकारी संस्था लिमिटेडको चौथौं बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं,पौष २७  ।

नुवाकोटको बट्टारमा संचालित होटेल वाटर टावर संचालन सस्था हिमनदी पर्यटन सहकारी सस्था लिमिटेडले आज आफ्नो चौथौ  बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाको अध्यक्ष एवं  काठमाडौ क्षेत्र नं.४ (२) का प्रदेशसभा सदस्य  कुसुम कुमार कार्की  रहेका थिए भने बिशेष अतिथि बुढालिनकण्ठ नगर प्रमुख उद्बव खरेल रहेका थिए।

त्यस्तैगरी कार्यक्रममा हिमनदी पर्यटन सहकारी सस्था लिमिटेडका शेयर सदस्यहरु कुसुम कुमार कार्की प्रदेशसभा सदस्यमा, उद्बव खरेल बुढालिनकण्ठ नगर प्रमुखमा, श्रीकृष्ण श्रेष्ठ बुनपा १३ को अध्यक्षमा, राजेन्द्र सापकोटा बुनपा ९ को अध्यक्षमा, राजु अधिकारी बुनपा ११ को अध्यक्षमा,सुमित्रा त्रिपाठी पाण्डे बुनपाको कार्यपालिका सदस्यमा, कृष्णमणि भट्टराई र निर्मला पुडासैनी कामपा वडा नं.७ को वडा सदस्यमा र परशुराम कार्की बुनपा ९ को वडा सदस्यमा निर्वाचित हुनु  भएकोमा सस्थाको तर्फबाट बधाई एवं कार्यकाल सफलताको शुभकामना सहित प्रशंसापत्र र खादा ओडाईएको थियो।

प्रमुख अतिथिबाट दिप प्रज्ज्वलन सहित उद्दघाटन भएको उक्त कार्यक्रममा संचालक समितिका सदस्य कुसुम बिष्टले स्वागत मन्तब्य राखेकी  थिइन। संस्थाका कोषाध्यक्ष राम पाण्डेले बार्षिक लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष कार्कीले सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संचालन संचालक समितिका सदस्य धुर्ब राज न्यौपानेले गरेका थिए भने धन्यवाद ज्ञापन संचालक समितिका उपाध्यक्ष धुर्ब रिमालले गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।