चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष आएसंगै सदस्यद्वारा बैठक बहिष्कार

चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष आएसंगै सदस्यद्वारा बैठक बहिष्कार

कपन अनलाइन 

काठमाडौ,पौष २६।
चलचित्र विकास बोर्डमा निकिता पौडेलको नियुक्तिसँगै सदस्यहरुले बैठक बहिष्कार गर्न थालेका छन् । उत्तम केसी, नरेन्द्र महर्जन लगायतले बोर्ड बैठक बहिष्कार गर्दै आएका छन् । सदस्यको उपस्थिति नभए पछि अध्यक्ष निकिता पौडेलले सञ्चार मन्त्रालयका सहसचिव तथा बोर्ड सदस्य युवराज खतिवडा, अर्थ मन्त्रालयका सहसचिव डम्बर पराजुली लगायतलाई डाकेर बोर्ड बैठक राखेकी हुन् ।

अध्यक्ष नियुक्त भएयता आधा दर्जन बढी बैठक बसि सकेको छ। उनी त्यहाँ नियुक्त हुँदा देखि नै उत्तम, नरेन्द्र लगायतले स्वागत कार्यक्रम समेत बहिष्कार गरेका थिए ।

यता, गोपीकृष्ण मुभिजले हलमा चलाइएका चलचित्र बापत सेयर समेत निर्माताहरूलाई नदिने गरेको खबर छ । केही समय अघि सम्म वितरक सुनील मानन्धर गोपीकृष्ण मुभिजले दिनु पर्ने एक करोड रकम नपाएको गुनासो गर्थे । छक्का पञ्जा पहिलो प्रदर्शन गरे बापत गोपीकृष्ण मुभिजले दीपकराज गिरीहरूलाई एक वर्षसम्म भुक्तानी नदिए पछि छक्कापञ्जा दुई गोपीकृष्णलाई दिएका थिएनन् । अन्ततः एक वर्षपछि छक्का पञ्जा एकको रकम भुक्तानी गरेपछि मात्र छक्का पञ्जा दुई दिए । त्यहाँबाट यसरी आर्थिक शोषणमा परेका निर्माताहरूको संख्या दर्जनौं छ ।

समाचार साभार : जन आस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।