कामपा ६ महांकालमा माछा पोखरी सहित उधान निर्माण हुदै
कपन अनलाइन
काठमाडौ,पौष २६।
काठमाडौं महानगरपालिका वडा नं ६ महांकालमा निर्माणाधीन पार्कमा माछा पोखरी निर्माण भएको छ । स्थानीयहरुको पहल कदमीमा स्थापना भएको सो पार्कमा वाल वालिकाहरुको लागि उधान निर्माण गरिएको छ भने हरियाली सहितको उक्त स्थानमा अन्य भौतिक निर्माण पनि गरिएको छ ।
करिव ५० लाखको लागतमा निर्माण हुने सो पार्क निर्माणको लागि बौध क्षेत्र विकास कोषले केहि आर्थिक सहयोग उपलव्ध गराएको छ भने अन्य श्रोत स्थानीय हरुले व्यवस्थापन गरेका छन ।सो स्थानमा मर्निङ वाल्क ,वालवालिकाको लागि मनोरंजन स्थल सहित केहि विशेष धार्मिक स्मारक बनाइने एक स्थानीयले बताए।
यो स्थान विशेष रुपमा दीपंकर यात्रा संग जोडिएको छ जसले गर्दा यस महांकाललाइ झुमा महांकाल पनि भन्ने गरिएको छ।
फोटो सौजन्य :राजेश कुमार ढुंगाना
तपाइँको प्रतिक्रिया ।