लागू औषध सहित हेल्थ केयर सेन्टरका संचालक पक्राउ

कपन अनलाइन

काठमाडौं, पौष २६ ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी स्थित सफलता हेल्थकेयर सेन्टरका संचालक नवलपरासी मनहरिका २९ बर्षीय चुडामणी चौधरी र सेन्टरमा काम गर्ने उनकै श्रीमती २५ बर्षीया सपना चौधरीलाई लागू औषध नाइट्रोजेपाम २ सय ४० ट्याब्लेट, ट्रमाडोल १ हजार ६ सय ८५ क्याप्सुल, एक्काडोल ६ सय ७० क्याप्सुल, डाइजेपाम ३१ एम्पुल नाइट्रोभेट ४ सय ७० ट्याव्लेट र अन्य मनोदिपक औषधीहरु सहित  प्रहरीले पक्राउ गरेको छ।

उक्त सेन्टरमा लागूऔषधको कारोबार हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त लागूऔषध बरामद भएपछि औषधी व्यवस्था विभागसँग समन्वय गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।