आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने
कपन अनलाइन
काठमाडौं, २४ पुस । राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सोमबार सार्वजनिक गर्ने भएको छ । माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णयपछि आयोगले कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार माघ ७ गतेदेखि माघ २४ गतेसम्मका लागि लागू हुने गरी आजै कार्यतालिका सार्वजनिक गर्न लागिएको हो ।
राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाताको नामावली समेत प्रकाशित गर्ने आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनमा गाउँपालिका प्रमुख र उपप्रमुख, नगरपालिकाका मेयर र उपमेयरसहित प्रदेश सभाका सासंदले मत हाल्न पाउने कानुनी व्यवस्था छ ।
तपाइँको प्रतिक्रिया ।