प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिता पौष २६ देखि हुने

प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिता पौष २६ देखि हुने

कपन अनलाइन

काठमाडौ, पौष २४।

काठमाडौको पुर्बी भेगमा संचालित कुमारी आवसीय माध्यामिक बिद्यालयले  प्रथम केब्स सिक्स ए साइड कप  फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै केब्स कलेजका प्रिन्सिपल मनोज भट्टराईले शैक्षिक ज्ञान र शिप बिकासको  साथ साथै खेल कौशल को  माध्यम बाट आचरण सुधार गर्दै  खेल कौशल को बिकास गर्नुको लागि अन्य शैक्षिक संस्थाहरु संगको  सम्बन्ध  प्रगाढ बनाउने  उदेश्य सहित् उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हुनाले सहयोग गर्न  अनुरोध गरेका थिए  ।

कुल १६ वटा कलेजहरु सहभागी रहने उक्त फुटबल प्रतियोगिता यहि २०७४ पौष २६ गते देखि ३० गते सम्म चाबहिलको  गणेशस्थान  चौरमा संचालन हुनेछ । यस प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी  ,मेडल सहित नगद रु २५, हजार पुरस्कार रहेको छ भने दोस्रो हुने टिमले नगद १५ हजार नगद सहित ट्रफी ,मेडल प्राप्त गर्नेछ ।

उक्त पत्रकार सम्मेलनमा  केब्स कप फुटबल प्रतियोगिताका संयोजक सम्भु कार्कीले प्रतियोगिताको बारेमा जानकारी गराएका  थिए । १६ वटा टिम सहभागी हुने उक्त प्रतियोगिताको खेल तालिका समेत ड्र  गरि निकालिएको थियो।

उक्त पत्रकार सम्मेलनमा आयोजक टिमका पदाधिकारीहरु , सहभागी कलेजका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।