होटल मल्लमा क्यासिनो सञ्चालन गर्न दिन सर्वोच्चको अन्तरिम आदेश
कपन अनलाइन
काठमाडौं, २४ पुस। सर्वोच्च अदालतले बेल्लीज नेपाल प्रालिलाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको छ ।मल्ल होटलले बुझाउन बाँकी बक्यौता नतिरेको कारण देखाउँदै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्व स्वीकृति सम्वन्धी प्रक्रिया अघि बढाउन नमिल्ने पत्र पठाएको थियो ।
त्यसविरुद्ध बेल्लीज नेपाल प्रालिका ज्ञानेन्द्र श्रेष्ठले हालेको मुद्दामा सुुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलासले विभागको पत्रलाई अवैधानिक भनेको छ ।
विभागको पत्रले पेशा व्यवसाय गर्न पाउने हकलाई असर गरेको भन्दै निवेदकको माग बमोजिम कानुनको रित पुर्याई क्यासिनो सञ्चालन इजाजतपत्रको कार्य गर्न हाललाई रोक लगाउने गरी कुनै कार्य नगर्नु नगराउनु ।’ सर्वाेच्चको अन्तरिम आदेशमा भनिएको छ ।
तपाइँको प्रतिक्रिया ।