बुढानिलकण्ठ १० ,११ र १२ का असर सर्भे तालिमका स्वयं सेवकहरुलाई प्रमाणपत्र प्रदान गरियो
कपन अनलाइन
काठमाडौ,पौष २४ ।
बुढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि सर्भे मार्फत जानकारी संकलन गर्न असर नेपाल संगको सहकार्यमा संचालित भएको असर सर्भे तालिममा सहभागी भएका वडा १० ,११ र १२ का स्वयं सेवकहरुलाई आज बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार माबीको सभा हलमा प्रमाण पत्र वितरण भएको छ ।
असर सर्भे तालिममा सहभागी भएका ३५ जना प्रशिक्षार्थीहरुलाइ बुढानिलकण्ठनगरपालिका वडा नाम १० का वडा अध्यक्ष नवराज भट्टराई, वडा ११ का अध्यक्ष राजु अधिकारी र वडा १२ का अध्यक्ष शम्भु भट्टराईले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरिएको थियो। उक्त कार्यक्रमको सभाध्यक्षता बालउद्दार माबीका प्रधानाध्यापक होमप्रसाद वाग्ले रहेका थिए ।
कार्यक्रममा तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुले फिल्डमा जाँदाको अनुभब सुनाएका थिए ।
प्रमाणपत्र वितरण पश्चात आफ्नो भनाइ राख्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराईले आयोजक र सहभागीलाइ धन्यबाद दिंदै असर सर्भेको लागि आफुले बिबिध कारणले सक्रिय सहभागिता जनाउन नसके पनि आगामी दिनमा काम गर्न पक्कै सहज हुने बिश्वास ब्यक्त गरेका थिए।उनले यो सर्भे जे उदेश्य सहित गरिएको हो त्यो उदेश्य पुरा होस् भन्ने शुभकामना दिदैअहिले यो सर्भेमा नसमेटिएको बिषयहरु आगामी दिनमासमेट्दै लैजानु पर्ने बताएका थिए ।
सोहि कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले आयोजकलाई धन्यबाद दिंदै यो पहिलो कार्यक्रम भएकोले आगामी दिनमा कमि कमजोरी सच्याउदै बुढानिलकण्ठ नगरपालिकालाइ नमुना नगर पालिका बनाउन लागि परेको बताए । साथै अहिले उनले बुढानिलकण्ठ नगरपालिका को ११ साबिक कपन सातमा समेत सोच नेपाल संगको सहकार्यमा सर्भेको काम भइ रहेको जानकारी दिएका थिए । आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि यो सर्भेले ठुलो महत्व राख्ने उनको भनाइ थियो।
सोहि कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नाम १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आयोजकलाइ धन्यबाद दिंदै जो सुकैले पनि कुनै पनि काम गर्नु अघि वडामा सम्पर्क राख्न अनुरोध गरेका थिए।
असर सर्भ गरिरहँदा वडामा कोहि पनि नआएकोले दुख ब्यक्त गरेका थिए। यो पहिलो सुरुवात भएको अरु धरै कार्यहरु गर्न बाँकी रहेकोले वडाले सहकार्य गर्ने बताएका थिए। साथै उनले आफ्नो वडामा चाडै घरका तथ्यांक संकलन , घरका नामाकारण गर्ने कुराहरु सुरु गर्न लागेको र त्यसमा पनि युवाहरुको सहयोग आवश्यक रहेको बताएका थिए ।