एक घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यतामा काठमाडौ गोकर्णेश्वर १ ओख्रेनीका विद्यार्थीहरु

एक घण्टा हिडेर विद्यालय जानुपर्ने बाध्यतामा काठमाडौ गोकर्णेश्वर १ ओख्रेनीका विद्यार्थीहरु

कपन अनलाइन 

काठमाडौ,पौष २४ ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ ओख्रेनीका विद्यार्थीहरु मावी तहको कक्षा ९ र १० अध्ययन गर्नका लागि करिव १ घण्टा हिडेर विद्यालय जानु पार्ने बाध्यतामा छन ।सो गाउमा रहेको विद्यालयमा कक्षा ८ सम्म मात्र पढाई हुने गरेको छ।त्यस क्षेत्रका विद्यार्थीहरु अहिले करिव १ घण्टा हिडेर सुन्दरीजलमा रहेको मावी विध्यालयमा जाने गरेका छन।

गाउमा गुणस्तरीय  शिक्षा दिने विद्यालय नहुदा त्यस गाउका अधिकांस अभिभावकहरुले काठमाडौं सहरमा कोठा भाडामा लिएर छोरा छोरी पढाउने गरेको स्थानीय डम्बर बहादुर तामांगले बताए । आफ्नै गाउमा छोरा छोरी पढाउने वातावरण नहुदा स्थानीयहरु आर्थिक मारमा परेको उनको भनाइ थियो।निजि विद्यालयमा बाल बालिका पढाउन चाहनेले काठमाडौं मै डेरा लिएर पढाई रहेका छन भने सो नसक्नेले लामो दुरी हिडेर जानु पर्ने बाध्यता रहेको भन्दै उनले गुनासो गरे ।

यातायतको नियमित र सहि समय नहुदा विधार्थीहरु समयमा विद्यालय पुग्न नसक्ने स्थिति रहेको अर्का एक स्थानीयले बताए । कहिले गाडी निकै ढिलो जाने हुदा विधार्थीको पढाई छुट्ने गरेको छ भने बर्षातको समयमा यातायात सेवा झन् अनिश्चित बन्दा स्थानीयहरुले निकै समस्या भोग्नु पर्ने अर्का स्थानीयले दुखेसो पोखे ।

सो ठाउमा रहेको एक मात्र आधारभूत विधालयमा समयानुकुल खालका कम्प्युटर र अन्य विषयहरुको पठन पाठन हुने गरेको छैन भने सो विध्यालयमा कक्षा ९ र १० को पनि पठन पाठन नहुने कारणले स्थानीयहरू निकै समस्यामा परेका छन ।

अहिले बाटो संगै शिक्षाको निकै आवस्यकता रहेको छ भन्दै स्थानीय महिला समुह र युवा क्लवले यसको पहल गर्नुपर्ने देखिएको स्थानीय महिला समुहकी सदस्यले बताइन ।

आधारभूत आवस्यकताको रुपमा रहेको शिक्षाको सेवा बाट नै बन्चित हुनुपर्ने बाध्यता रहेको काठमाडौको यस गाउको अवस्था बत्ति मुनि अध्यारो भने झैँ भएको छ ।काठमाडौं बाट करिव १ घण्टामा पुगिने प्राकृतिक रुपमा सुन्दर यस गाउमा नगरपालिका ,स्थानीय सरकार र नव निर्वाचित सांसद सबैले सर्वसुलभ रुपमा शिक्षा प्रदान गर्न सकिने वातावरण बनाउनु पर्ने देखिन्छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।