आगामी ५ बर्ष सम्म काठमाडौ क्षेत्र नं ४ का जनता संगै विकासमा कृयाशील रहनेछु :डा.राजन भट्टराई

आगामी ५ बर्ष सम्म काठमाडौ क्षेत्र नं ४ का जनता संगै विकासमा कृयाशील रहनेछु :डा.राजन भट्टराई

कपन अनलाइन 

काठमाडौ,पौष २२/उत्तम अधिकारी 

नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराईले आगामी ५ बर्षसम्म काठमाडौं क्षेत्र नं  ४ का जनता विकासमा कृयाशील  रहने बताएका छन् ।

गत प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेका भट्टराईले पराजयबाट कत्तिपनि बिचलित नभैकन आफ्ना प्रतिबद्ता अनुसार यसै क्षेत्रका जनतासंग निरन्तर क्रियाशील रहने बताएका हुन् ।

मतदाता तथा आफ्ना कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने उद्देस्यले गोपीकृष्ण नगरमा आयोजित एक कार्यक्रममा उनले प्राप्त परिणाम बाट हतास तथा निरास नभैकन उचो आत्मविश्वासका साथ पार्टीको अभियानलाई निरन्तरता दिन कार्यकर्ता पंक्तिलाई आव्हान गरे ।

यस क्षेत्रमा पराजय बेहोरे पनि देशैभरी बामपन्थीको बिजय भएकाले सबै तहका सरकारसंग समन्वय गरेर घोषणा पत्रमा उल्लेख गरे बमोजिम र मतदाता बीच प्रतिबद्धता जनाए बमोजिम बिकास निर्माण र जनचासोका बिषयमा आफु कहिल्यै पछी नपर्ने भट्टराईले उल्लेख गरे ।

निर्वाचनमा हारजित स्वाभाविक हो भन्दै उनले कत्तिको स्वस्थता प्रदर्शन भयो भन्नेकुराको भने लेखाजोखा हुनुपर्ने धारणा राखे ।

“अनुसासित पार्टी पंक्तिभित्र निर्वाचनको गम्भीर समिक्षा हुन्छ र हुनुपर्दछ, यस्ता समीक्षाले हामी जो कसैबाट कुनैपनि गम्भीर प्रक्रिताका त्रुटीहरु भएका छन् भने आगामी दिनमा त्यसलाई सच्च्याएर अघि बढ्न मद्दत पुग्नुपर्दछ तर समीक्षाले आपसी द्वन्द बढाउने दिशामा भने जानु हुदैन” उनको भनाइ थियो ।

कार्यक्रममा उनले सिंगो निर्वाचन अभियानको अवधिभर आफुलाई अत्यन्तै सक्रियता र उत्सुकतापूर्वक सहयोग, समर्थन र माया गर्ने सम्पूर्ण कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम मतदातामा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा प्रदेस सभा १ का उम्मदेवार निर्मल कुइँकेलले प्रदेस सभामा व्यक्तिगत रुपमा आफ्नो उपस्थित नभएपनि त्यहाँ नेकपा एमाले र  बामपन्थीको २तिहाईको हाराहारी उपस्थिति भएकाले यसलाई सबैको जित मान्दै निर्वाचन अभियानका क्रममा जनतासामु गरेका प्रतिबद्धताहरु पुरा गर्ने जिम्मेवारी आफूहरुकै भएको बताए ।

आफुहरुले जनतासामु क्षणिक चटके शैली प्रस्तुत नगरेको र नौटंकी गर्न नजान्ने भन्दै कुइँकेलले यस क्षेत्रको निर्वाचनमा नौटंकी प्रस्तुत गर्ने चाटुकारहरु बिजयी भएको प्रष्ट्याए ।

कार्यक्रममा कामपा वडा नम्बर ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोलले वडा नं ७ को विकास र सुधारको लागि आफ्ना योजनाहरु प्रस्तुत गर्नुका साथै त्यसमा अत्यधिक जन सहभागिता र जनसमर्थनको अपेक्षा गरेको बताएका थिए ।

अपेक्षित रुपमा काम गर्न केहि कठिनाई भइरहेको भएतापनि वडावासीको हितको लागि निर्माण र सुधार कार्यहरु अधिकतम रुपमा अघि बढाएको उनले बताए । वरिपरिको सडकले गोपीकृष्णलाई खाल्टोमा परिणत गरेको र टोलवासीलाई पर्ने असरको बारेमा आफु जानकार रहेको बताउंदै उनले टोलवासीसंगै छलफल गरेर सम्बन्धित निकायसंग समन्वय गरि यसको समाधान गर्न आफु आतुर रहेको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।