वाम गठबन्धनले अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारको यस्तो तयारी

वाम गठबन्धनले अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारको यस्तो तयारी

कपन अनलाइन

काठमाडौं, २२ पुस । सरकारले अस्थायी राजधानी नतोकी प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशका प्रमुख नियुक्त गर्ने तयारी गरको छ ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले अस्थायी राजधानी भने तत्काल नतोक्ने मानसिकतामा सरकार रहेको छ । अस्थायी राजधानीको विषयमा विवाद बढ्दै गएपछि सरकार राजधानी तोक्ने पूर्व तयारीबाट हटेको छ ।

संविधानअनुसार प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेकाले सरकारले यसबारे निर्णय नगर्ने मन्त्री विश्वकर्माले बताए । तर संविधानमा भने प्रदेशसभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने उल्लेख छ । एमाले र माओवादीले पनि अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारलाई अप्ठ्यारो परेको थियो । यही अप्ठेरोबीच सरकारले मध्यमार्गी निकास दिने तयारी गरेको हो ।

तपाइँको प्रतिक्रिया ।