चन्द्रागिरी नगरपालिकामा अबैध घरेलु मदिरा नस्ट गरियो
कपन अनलाइन
काठमाडौँ,पौष २१।
चन्द्रागिरी नगरपालिकाको विभिन्न स्थानमा अबैध रुपले संचालित घरेलु मदिरा भट्टीहरुमा महानगरीय प्रहरी प्रभाग बलाम्बु बाट खटि गएको गस्ति टोलिले कार्यालयको वडा एरियामा खुलेआम अबैध रुपले संचालित घरेलु मदिरा फेला पारेको थियो । यसरी कारबाही गर्दा फेला पारेको ३ हजार लिटर मदिरा स्थानिय भद्र भलादमीहरुको रोहबरमा नष्ट गरिएको छ ।
चन्द्रागिरी नगरपालिकाको बिभिना स्थानमा घरेलु रक्सि खुलेआम बिक्रि भइरहेको सुचना पाएपछि बलम्बु प्रहरीले अभियानकै रुपमा अहिले कारबाही चलाइरहेको छ ।
फोटो सौजन्य: नेपाल प्रहरी बलम्बु सेक्टर
तपाइँको प्रतिक्रिया ।