उपचारका लागि एमाले अध्यक्ष ओली बैंकक जाँदै

कपन अनलाइन

काठमाडौं, २१ पुस नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक जाने भएका छन् । उनी  पुस २६ गते बुधबार बैंकक जान लागेका हुन् ।

चिकित्सकले दिएको तालिका अनुसार उनी यसअघि नै स्वास्थ्य परिक्षणका लागि बैंकक जानुपर्ने थियो । तर राजनीतिक दौडधुपका कारण जान नसकेका उनी पुस २६ मा बैंककतर्फ जाने भएका हुन् ।

मृगौला प्रत्यारोपणपछि ओलीले बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही दिनयता निवासमै आराम गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।