कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ र ७ खुल्ला दिशा मुक्त वडा घोषणा

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ र ७ खुल्ला दिशा मुक्त वडा घोषणा

कपन अनलाइन

काठमाडौँ,पौष २१।

कागेश्वरी मनोहरा  नगरपालिका वडा नं  ६ र ७ खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ  । कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ६ मा रहेको आनन्द भैरबमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि  काठमाडौँ निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ख का सदस्य मणिराम फुयाल ,बिशेष अतिथि  कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा रहेका थिए भने अतिथिहरुमा नेपाली कांग्रेसका नेता उपेन्द्र कार्की एमालेका नेता भारत फुयाल मावोबादी केन्द्र का नेता आनन्द राम फुयाल सहित   वडा  अध्यक्षहरु  वडा सदस्यहरु ,स्वास्थ्य स्वयं सेविका बिद्यार्थीहरु लगायत स्थानीय हरुको  उपस्थित रहेका थिए ।

कार्यक्रमको सभाध्यक्षता कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल रहेका थिए भने कार्यक्रम संचालन कगेश्वरी मनहरा नगरपालिका वडा नं ७ जीवन थापाले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासद मणिराम फुयालले स्थानिय तह निर्बाचन अगाडि क्रमचारी बाट संचालित रहदा नितिगत भ्रष्टाचार भएको हुँदा त्यतिबेला  बिकास भन्दा नि बिकासका नाममा आएका बजेट ठेक्का लिने र ठेक्का लिएर पनि काम नगर्दा  ठेकदारहरु लाई जिम्मेवार बनाउन नसक्दा जनताले दुख पाएको हुँदा  अब त्यसलाई  सुधार्नु पर्ने कुरा बताएका थिए।

त्यस्तै  कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरलाई उपत्यकाकै सुन्दर नगरी बनाउनको लागि  सबैले आफ्नो ठाउ बाट सहयोग गर्न अपिल गर्नुका साथै जनता सग हातेमालो गर्दै अघि बढनु आफ्नो मुख्य कार्य रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।