कपन अनलाइन
काठमाडौ,पौष २१ ।
“लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल ” प्रतियोगिताको उपाधी काठमाडौं बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) ले जितेकी छन् ।प्रतियोगितामा आफना प्रतिस्पर्धीहरुलाई पछी पार्दै लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो भए पछि टिभि एस स्कुटर, एक लाख ५० हजार रुपैयाँ बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनका मलेसिया भ्रमणको अवसर पाएकी छन् ।
दोस्रो भएकी जनकपुरकी दिपीका राईले एक लाख बराबर रुपैयाँको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गरेकी छन् ।
तेस्रो विष्णु माया पौडेलले चार दिन मलेसिया भ्रमण, २० हजार रुपैयाँ बराबरको उपहार र लाभा मोबाइल पाएकी छन् ।
यो प्रतियोगिता २१ देखि ४५ वर्ष उमेरका विवाहित महिलाहरुको क्षमता वृद्धिका गर्न लागि आयोजित सौन्दर्य प्रतियोगिताको कार्यक्रम हो ।