स्याल भन्नेहरु आफै बहुला कुकुर : बिप्लव

श्रावन १३ आइतवार/कपन अनलाईन/ कपन नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ ले एकीकृत नेकपा माओवादीलाई बहुला कुकुरको संज्ञा दिनुभएको छ । आज कपन मिलनचोक पार्टी भेनुमा आयोजित काठमाडौ निर्वाचन क्षेत्र नम्बर ४ को पार्टी प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो –‘‘हामीलाई स्याल देख्नेहरु आफै रेविज लागेका बहुला कुकुर हुन् ।’’

-mawo (1)आसन्न मंसिर ४ मा हुने भनिएको संविधान सभा निर्वाचन बहिष्कार अभियानको राजनैतिक बैचारिक प्रशिक्षणमा बिप्लवले नेपाली जनतालाई आर्थिक भार थप्ने र विदेशी शक्तिकेन्द्रको ईशारामा हुने चुनावले नेपाललाई सिक्किमिकरणको बाटो तर्फ लाने हँुदा निर्वाचनलाई सशक्त प्रतिकार गर्न जनताको घरघरमा पुग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । त्यस्तै कार्यक्रममै प्रशिक्षण दिनुहँुदै पार्टी पोलिटव्यूरो सदस्य एंव प्रवक्ता पम्फा भुसालले प्रचण्डले प्रत्येक बुथमा १००० कार्यकर्ता खटाउने ध्वाँस दिनुले संसदवादी पार्टीहरु पूर्ण रुपमा असफल सिद्ध भईसकेको र जनताको माझमा नाङ्गिने डरले त्रसित भएको बताउनुहुँदै नेपाली जनताको भाग्य र भविष्यको फैसला कथित संविधानसभाको चुनावले गर्न नसक्ने हुँदा जनताको बीचमा जान कार्यकर्ता पंक्तिलाई निर्देशन दिनुभयो ।

करिब ३०० पार्टी सदस्य उपस्थित रहेको उक्त कार्यक्रमले निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी बहिष्कार अभियानलाई व्यापक रुपमा अगाडि बढाउन विभिन्न कार्यक्रमहरु अघि सारेको छ । जस अन्तर्गत प्रचार प्रसारको कार्यलाई सशक्त अगाडि लैजाने र जनताको घरदैलो एक महिने कार्यक्रमलाई बिशेष महत्व दिइएको माओवादीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।