मधेशमा अब कांग्रेस उठ्नै सक्दैन्,एमालेपनि प्राईभेट लिमिटेड बनिसक्यो : यादव

मधेशमा अब कांग्रेस उठ्नै सक्दैन्,एमालेपनि प्राईभेट लिमिटेड बनिसक्यो : यादव

कपन अनलाइन 

काठमाडौं, १८ पुस । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मधेश अब कांग्रेसमुक्त भएको उल्लेख गरेका छन् । १२ वर्षपछि राजपा र फोरम मिल्दा यो वर्षको निर्वाचनमा सफलता हात परेको उल्लेख गर्दै उनले भने,‘हामीले यसपटक कांग्रेसलाई मधेबाट परास्त गरेका छौं, अब भविष्यमा एमाले र माओवादीलाई पनि पत्तासाफ गर्छौं, मधेशमा अब कांग्रेस उठ्नै सक्दैन्, एमालेपनि अहिले प्राईभेट लिमिटेड बनिसक्यो।’

मंगलबार रिपोटर्स क्लबद्धारा राजधानीमा आयोजित साक्षत्कारमा बोल्दै उनले २ नम्बर प्रदेशमा मधेशवादी दलहरुको नै सरकार बन्ने पनि दाबी गरे ।यादवले राजपा र फोरमवीच मुख्यमन्त्री कसलाई बनाउने भन्नेबारे कुनै विवाद नभएको पनि जिकिर गरे ।त्यस्तै उनले आफूहरुको मुख्य उद्देश्य भनेको संविधान संशोधन भएकोले सोही अनुसार आफूहरु अघि बढ्ने बताए ।

तपाइँको प्रतिक्रिया ।