नेपाल राष्ट्रिय शिक्षक संगठनले काठमाडौँ क्षेत्र न नं २ बाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई बधाई दियो
कपन अनलाइन
काठमाडौँ,पौष १८ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन शंखरापुर, कागेश्वरी मनोहरा तथा गोकर्णेश्वर नगर समितिले गत शनिबार कागेश्वरी मनहरा नगरपालिका वडा नं ४ मा रहेको कान्ति भैरब माबीको सभा हलमा काठमाडौँ क्षेत्र न नं २ बाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा बिजयी भएका नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपाल रहेका थिए भने बिशेष अतिथिहरुमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ प्रदेश ख बाट बिजयी भएका सानु श्रेष्ठ,प्रदेश ख बाट बिजयी भएका मणिराम फुयाल रहेका थिए ।
कार्यक्रममा अतिथिहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान अध्यक्ष यादब पौडेल ,नेपाल राष्ट्रिय शिक्षक संगठनको बागमती उपत्यका इन्चार्ज केन्द्रीय सदस्य बिष्णु पोख्रेल, शिक्षक महासंघ उपाध्यक्ष मधु तिमिल्सिना , कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायत शिक्षक संगठनमा आवद्द शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता नेपाल राष्टिय शिक्षक संगठन गोकर्णेश्वर नगरपालिका नगर समितिका अध्यक्ष मधु प्रसाद सिम्खडाले गरेका थिए ।
कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा र प्रदेश सभामा बिजयी भएका सदस्यहरुलाई बधाई र शुभकामान दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा बिजयी भएका नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले मतदाताहरुलाई र निर्वाचनमा बिजयी गराउन शिक्षकहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाब र निर्देशन समेत दिएका थिए। उनले शिक्षकहरु देश निर्माणको मेरुदण्ड भएकोले देश निर्माणमा शिक्षक ठुलो भूमिका रहेको बताएका थिए ।
त्यस्तै गरि कार्यक्रममा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नं २ प्रदेश क बाट बिजयी भएका सानु श्रेष्ठले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न र शिक्षकहरुको हक हितका निम्ति सक्रिय भएर काम गर्ने सुझाब दिदै निर्वाचनमा बिजयी गराउन सहयोगी भूमिका खेल्ने शिक्षकहरुलाई धन्यबाद दिएका थिए। उनले सम्पूर्ण मतदाताहरुलाई धन्यबाद दिएका थिए ।
कार्यक्रममा बोल्दै काठमाडौँ निर्वाचन क्षेत्र नं २ प्रदेश सभा ख बाट बिजयी भएका मणिराम फुयालले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै गुणस्तर शिक्षा प्रदान गर्नको लागि आफ्नो कर्तब्यबाट बिमुख नभई काम गर्नुपर्ने बताएका थिए ।
उनले जिल्ला शिक्षामा भैरहेको कुराहरुमा शिक्षक संगठनको तर्फ बाट पनि आवाज उठाउनु पर्ने भन्दै त्यहाँ आवाज पुगेन भने त्यसमा आफुले पनि जिल्ला शिक्षा कार्यलयमा सचेत गराउने काम गर्ने भन्दै शिक्षकको हक हितका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम संचालन कागेश्वरी मनहरा नगरपालिका नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष छत्र काफ्लेले गरेका थिए ।
सभाध्यक्षको आसन बाट बोल्दै नेपाल राष्टिय शिक्षक संगठन गोकर्णेश्वर नगरपालिका नगर समितिका अध्यक्ष मधु प्रसाद सिम्खडाले बिजयी सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै शिक्षक हक हितका बारेमा आफ्नो धारणा राखेका थिए ।