देशभर संचालनमा रहेको सामाजिक परिचालन कार्यक्रम पौष १७ देखि समाप्त हुने
कपन अनलाइन
काठमाडौ पौष १७ ।
संघिय मामिला तथा सथानीय विकास मन्त्रालय सामाजिक परिचालन तथा गै.स .स समंवय शाखाले सामाजिक परिचालन कार्यक्रम सम्बन्धमा पौष १४ गते सूचना जारी गरी परिपत्र गरेको छ ।
सबै जिल्ला ,नगरपालिका ,स्थानीय सेवा प्रदायक संस्था र सामाजिक परिचालकहरुमा नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय बाट २००८ जुलाई देखि संचालनमा आएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सामाजिक परिचालन कार्यक्रमलाइ बिशेष गरि निर्वाचित निकाय नभएको अवस्थामा देशव्यापी अभियानका रुपमा समंवय ,सहजीकरण तथा कार्यान्वयन गर्न सबै बाट पुर्याइएको योगदान अतुलनीय रहेको र नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय माननीय राज्य मन्त्रि स्तरको पौष १३ गतेको निर्णय अनुसार राष्ट्रव्यापी रुपमा संचालनमा रहेको सामाजिक परिचालन कार्यक्रम मिति २०७४ साल पौष १७ देखि समाप्त हुने भएकोले सामाजिक रुपान्तरण ,स्थानीय सुशासन तथा स्थानीय सेवा सुदृढीकरणमा संलग्न रही हाल सम्म पुर्याउदै आएको योगदानको उच्च मुल्यांकन गर्दै मन्त्रालयले धन्यबाद ज्ञापन गरेको छ ।