राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आर्मी विजयी
कपन अनलाइन
काठमाडौं, पौष १७।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियन सिप अन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
पाँच विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त प्रतियोगितामा विजेता टोलीले रु दुई लाख तथा उप विजेताले रु एक लाख ५० हजार पुरस्कार पाउने छन् ।
तपाइँको प्रतिक्रिया ।