तेक्वान्दो प्रतियोगिता शुरु

तेक्वान्दो प्रतियोगिता शुरु

कपन अनलाइन

भीमदत्तनगर, १४ पुस । कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार देखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ ।प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गरेका हुन् ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहवामा हुने राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने तेक्वान्दो प्रशिक्षक एवं प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताप गुरुङले जानकारी दिए ।

भीमदत्त नगरपालिकाका प्रमुख विष्टले खेलकुदको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताए । ‘खेलकुद संरचना निर्माण गरी खेल गतिविधि अगाडी बढाउने योजना बनाएका छौँ,’ उनले भने ।

तपाइँको प्रतिक्रिया ।