घोडचडी शौखिनहरुको गन्तव्य बन्दै भ्याली भ्यु फेमेली रेस्टुरेन्ट ,जगडोल
कपन अनलाइन
काठमाडौ,पौष १३।
हिजोआज नेपालमा फेमिली आउटिङको ट्रेन्ड बढ्दैछ । व्यस्तताका बाबजुद समय निकालेर शारीरिक एवं मानसिक रूपमा रिफ्रेस हुन छोटो–लामो भ्रमणमा निस्कने लहरका कारण अहिले फरक सेवाका साथ पृथक् शैलीका रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम बढको छ। व्यवसायीहरू बाह्यभन्दा आन्तरिक पर्यटकले यस्ता रिसोर्ट तथा रेस्टुराँ धानिरहेको कुरासँग सहमत छन् ।
ठूलो लगानीमा अत्याधुनिक सेवा–सुविधायुक्त होटल, रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम धमाधम बढिरहेका बेला सम्बन्धित व्यवसायीहरूको पनि सक्रियता वृद्धि भएको छ ।
अहिले सप्ताहन्तको छुट्टी मनाउन होस् वा बर्थ डे, एनिभर्सरी लगायत अन्य गेटटुगेदरका लागि होस् साथीभाइ एवं परिवारका साथ जाने प्रचलन बढेकाले त्यस्ता स्थानमा भीड लाग्न थालेको पाइन्छ ।
काठमाडौँ बाट उत्तर तर्फ जगडोल नजिक राष्ट्रिय शहिद पार्क जाने बाटोमा रमणीय स्थानमा पर्याप्त पार्किंगको सुबिधा सहित संचालनमा आएको भ्याली भ्यु फेमेली रेस्टुरेन्ट अहिले सबैको रोजाइमा पर्दै आएको छ ।
२०६८ सालमा स्थापना भएको यस भ्याली भ्यु फेमेली फेमेली रेस्टुरेन्ट बाट उपत्यकाको दृश्याबलोकन गर्दै विभिन्न स्वादका परिकारहरु पाउन सकिन्छ। शान्त वातावरण, गुणस्तरीय खाना एवं मनोरञ्जनका विविध साधनले भरिपूर्ण छ ।आन्तरिक तथा बाह्य पर्यटक उत्तिकै आउने यो भ्याली भ्यु फेमेली रेस्टुरेन्टको गुणस्तरीयता एवं कस्टमर केयरिङ सेवाका कारण ग्राहकहरू दोहोर्याएर पुग्छन् ।
यहाँबाट देखिने उपत्यकाको भ्युका कारण ग्राहक आकर्षित छन् भने काठमाडौंबाट नजिकै र एकैदिनमा ओहोर–दोहोर गर्न सहज भएकाले यहाँ ग्राहकको आवागमन बढ्दै गएको छ । रेस्टुरेन्ट ले पनि आफ्नो सुबिधा लाइ थप्दै घोडचडीको सुबिधा पनि थपेको छ।
हप्ताको दुइ दिन शुक्रबार र शनिबार घोडचडीको मज्जा पनि लिन सकिने रेस्टुरेन्टका म्यानेजर कुन्जन घिमिरेले बताए। सुलभ मूल्यमा गुणस्तरीय तथा स्वादिष्ट खाना पस्कने यो रेस्टुरेन्टमा बेलुका बार्बिक्युब गर्नेहरूका लागि विशेष सुविधा उपलब्ध छ । नेपाली, कन्टिनेन्टल, चाइनिज, इन्डियन आदि परिकार उपलब्ध हुने साथै दाउरा पकाएको मिठो नेपाली खाना पनि पाउन सकिन्छ ।उक्त रेस्टुरेन्टमा पुग्ने जोकोही त्यहाँको सरल सेवा र पारिबारिक बताबरणले आकर्षित हुन्छन ।
फ्री वाइफाइको सुबिधासमेत उपलब्ध गराएको छ ।यहाँ प्रदूषणमुक्त वातावरणमा स्वच्छ हावा तथा पर्याप्त मनोरञ्जन प्राप्त गर्न सकिन्छ । मनिक राइ बिमल पण्डित ,कपिल तिमिल्सिना ,र कुन्जन घिमिरे संचालक रहेका उक्त रेस्टुरेन्टमा पर्याप्त कामदारहरु रहेका छन। बिहान ९ बजे देखि खोलिने उक्त रेस्टुरेन्ट बेलुका ९ बजे सम्म संचालन हुदै आएको छ। छुट्टा छुटै कटेजको व्यवस्था पनि गरिएको छ।
विशुद्ध पारिवारिक वातावरणयुक्त रहेको यस रेस्टुरेन्ट मा एकपटक जाने व्यक्ति पुन: दोहोर्याएर पुग्ने गरेका छन् जहाँ विकेन्डमा मात्र नभई सधैजसो भीडभाड भैरहन्छ । अहिले मानिसमा बढ्दै गएको व्यस्तता र व्यावसायिकताका कारण परिवारसँग एक दिन भए पनि गुणस्तरीय समय बिताऊँ भन्नेहरूको संख्या बढ्दैछ । यसैलाई मध्यनजर गरी हामीले सेवा र सुबिधा मा ध्यान दिइरहेका छौ म्यानेजर कुन्जन घिमिरेले बताए ।
स्वादिष्ट खाना एवं आनन्ददायक पारिबारिक वातावरण यहाँको विशेषता हो उनले थप्दै भने । विशेषत: गुडफ्राइडे मनाउनेहरू ग्राहकहरु परिवारका साथ रमाइलो गर्न मनिसहरु यहा पुग्छन् । भ्याली भ्यु फेमेली रेस्टुरेन्टमा अग्रिम बूकिंग को पनि बेवास्था रहेको छ जसको लागि यहाहरुले कुन्जन घिमिरे (९८४१२७५४७६) र मनिक राइ (९८४१६८४४६१) मा सम्पर्क गर्न सक्नुहुनेछ ।
।