चौथो तारेभिर महोत्सवको तयारी तीव्र

चौथो तारेभिर महोत्सवको तयारी तीव्र

कपन अनलाइन

काठमाडौ, पौष १२

काठमाडौं जिल्लाको उत्तरी भागमा पर्ने शिवपुरीको मनोरम थलो तारेभिरमा  पर्यटन विकास गर्ने उद्देश्यले २०७४  माघ १ गते ‘चौथो  तारेभिर महोत्सव’ हुने भएको छ । प्राकृतिक भूबनोटका आधारमा अवस्थित तथा धार्मिक विश्वास, पर्यटकीय रमणीयस्थल एवं भौगोलिक महत्वका रुपमा स्थापित तारेभिर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न तारेभिर महोत्सव आयोजना गर्न लागिएको हो ।

स्थानीय जनताको पहलकदमी तथा गोकर्णेश्वर नगरपालिका र  जिविसको सहयोगमा हुने सो महोत्सवमा साँस्कृतिक  प्रदर्शनी, थरिथरिका नेपाली खाना र  खाजा, कृषि उत्पादनको बिक्री तथा निःशुल्क घ्यु चाकु खाने कार्यक्रम छ ।

महोत्सवमा चट्टान आरोहण, लामो पदयात्रा, घरबास, तीर्थाटन आदिको मजा पनि लिन सकिने सांसद रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।  जोरपाटी– सुन्दरीजल– गोकर्ण र  बुढानिलकण्ठ – पञ्चकुमारी मार्ग हुँदै तारेभिर जान सकिने बताइएको छ । वि सं २०७१ माघ १ गते पहिलोपटक महोत्सवको आयोजना गरिएको थियो ।दुई हजार मिटर उचाइमा रहेको तारेभिरबाट उपत्यकाका सबै भागको अवलोकन गर्न सकिन्छ ।

उक्त चौथो तारेभिर महोत्सब संचालनको लागि उपभोक्ता समिति निर्माण गरि महोत्सबको तयारी तिब्र गतिमा अघि बढेको छ ।स्थानिय उत्पादनको बिक्री गर्ने,कला संस्कृतिको प्रचार प्रसार एवम जगेर्ना गर्ने र तारेभिरका जनताको आर्थिक स्थर उकास्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको उक्त महोत्सबमासहभागी हुन सबैलाई आयोजकले अनुरोध गरेको छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।