बाम गठबन्धन बुनपा ४ ले विजयी प्रतिनिधिहरुलाई बधाई दियो

बाम गठबन्धन बुनपा ४ ले विजयी प्रतिनिधिहरुलाई बधाई दियो

कपन अनलाइन 

काठमाडौ,पौष ९।

काठमाडौं क्षेत्र नं ५ बाम गठ बन्धन बुढानिलकण्ठ वडा नं ४ कमिटीले मंगसिर २१ गते सम्पन्न निर्वाचनमा विजयी भएका नेकपा एमालेका महा सचिव एबम प्रतिनिधि सभा क्षेत्र काठमाडौं  ५ का सांसद ईश्वर पोखरेल र प्रदेस क्षेत्र ख का दीपक निरौलालाई बधाई ज्ञापन गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ पासिकोटमा आयोजित कार्यक्रममा बाम गठ बन्धनका स्थानीय नेता कार्यकर्ता तथा स्थानीय जनताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सभा अध्यक्षता राजाराम खड्काले गरेका थिए।

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि समेत रहेका पोखरेलले आफुले निर्वाचन दौरानमा गरेका बाचा र बोलेका हरेक कुराहरु पुरा गर्न पहल थालिसकेको बताउदै मतदातालाई धन्यवाद दिएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेस क्षेत्र ख का नवनिर्वाचित सदस्य दीपक निरौलाले आफ्नो क्षेत्र प्रचुर सम्भावना बोकेको स्थान भएकोले आफु जनप्रतिनिधि भन्दा पनि जनसेवक भएर क्षेत्र निर्माणमा लाग्ने बताएका थिए ।

फोटो सौजन्य :नेकपा एमाले बुनपा चार

तपाइँको प्रतिक्रिया ।