इपीएल : बिराटनगरद्वारा भैरहवा ३९ रनले पराजित

इपीएल : बिराटनगरद्वारा भैरहवा ३९ रनले पराजित

कपन अनलाइन 

काठमाडौ,पौष ८ ।विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए। कीर्तिपुरस्थित टीयू मैदानमा १५० रनको लक्ष्य पछ्याएको भैरहवा १८.३ ओभरमा ११४ रनमा अलआउट भयो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर वारियर्सले अंशुमन रथको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १४९ रन बनाएको थियो।

प्रतियोगितमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा रथले ५० बल खेलेर ८ चौकाको मद्दतमा सर्बाधिक ५७ रन बनाए। यस्तै बाबर हायतले ३६, कप्तान पारस खड्काले १५ तथा प्रनित थापा मगरले १४ रन जोडे। करण केसी ११ रनमा नटआउट रहे।

भैरहवाका हरीशंकर शाहले ३ तथा आरिफ शेखले २ विकेट लिए। १५० रनको लक्ष्य पछ्याएको भैरहवाका लागि कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्। ओपनर प्रदिप ऐरी र हरीशंकर शाहले १८-१८ रन बनाए। नयाँ विदेशी खेलाडी प्रथम सालोन्केले ओपनिङ गरेपछि हरीशंकरले मिडल अर्डरमा ब्याटिङ गरेका थिए। यस्तै पुनित विष्टले १५ तथा आरिफ शेखले १० रन जोडे।

बलिङमा विराटनगरका अभिनास कर्णले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए। यस्तै ३.३ ओभर बलिङ बसन्त रेग्मीले ३, अदिसा अपुहानी, कप्तान पारस खड्का र करण केसीले १-१ विकेट लिए।

तपाइँको प्रतिक्रिया ।