५ मिनेट भित्र ३ गोल, आर्सनल र लिभरपुलको खेल बराबरीमा रोकियो

५ मिनेट भित्र ३ गोल, आर्सनल र लिभरपुलको खेल बराबरीमा रोकियो

कपन अनलाइन 

काठमाडौ,पौष ८ ।अवे मैदानमा भएको खेलमा २६ औं मिनेटमा फिलिप कोन्टिन्होको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । ५२ औं मिनेटमा मोहम्मद सालहले लिभरपुलका लागि गोल गर्दै अग्रता दोब्बर पारे।

तर ५३ औं मिनेटमा एलेक्स सान्चेले आर्सनलका लागि पहिलो गोल गरे। ५६ औं मिनेटमा ग्रानिट जाकाले आर्सनलका लागि गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए।त्यसको दुई मिनेटपछि मेसुट ओजिलले गोल गर्दै सुरुमा पछि परेको आर्सनललाई ३-२ को अग्रता दिलाए।

Alexis Sanchez began the comeback with a close-range header after beating Liverpool defender Joe Gomez to a cross

तर ७१ औं मिनेटमा रोबर्टो फिरमिनोले लिभरपुलका लागि सुन्दर बराबरी गोल गरे र टिमलाई हारबाट जोगाए।बराबरीपछि चौथो स्थानको लिभरपुलको १९ खेलबाट ३५ तथा लिगको आधा खेल सकिँदा ३४ अंकसहित आर्सनल पाँचौँ स्थानमा छ।

तपाइँको प्रतिक्रिया ।