ओखलढुंगा चम्पादेबी वडा नं ४ फलाटे भज्याङ-फेदिगुठ बाटो निर्माण शुरु

ओखलढुंगा चम्पादेबी वडा नं ४ फलाटे भज्याङ-फेदिगुठ बाटो निर्माण शुरु

कपन अनलाइन 

चम्पादेवी ,पौष ८

चम्पादेबी गाउँपालिका वडा नम्बर ४ को फलाटे भज्याङ नेपाने हुदै फेदिगुठ सम्म जोड्ने बाटो निर्माण कार्य सुरु भएको छ ।यो बाटो निर्माण पश्चात सो क्षेत्रमा सहज आवागमन गर्न र त्यस क्षेत्रका वासिन्दाले उत्पादन गरेका सामग्रीले बजार प्राप्त गर्न सक्ने वडा नं ४ का अध्यक्ष कृष्ण बहादुर खत्रीले बताए ।

चम्पादेवी गाउँपालिकाका अन्य स्थानमा पनि बाटो निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाएको अर्का जनप्रतिनिधिले बताए। प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको यस गाउँपालिकाले चाडै आफ्नो विकासको गुरु योजना निर्माण गर्ने ति जनप्रतिनिधिको भनाइ रहेको छ ।

फोटो सौजन्य :इन्द्र केसी

तपाइँको प्रतिक्रिया ।