यज्ञराज सुनुवारको राजनीतिक यात्रा :स्ववियु सभापति ,सभासद हुदै प्रतिनीधी सभा सदस्य

यज्ञराज सुनुवारको राजनीतिक यात्रा :स्ववियु सभापति ,सभासद हुदै प्रतिनीधी सभा सदस्य

कपन अनलाइन 

काठमाडौ,पौष ८ ।

ओखलढुङ्गा जिल्ला प्रतिनिधि सभामा यज्ञराज सुनुवार विजयी बनेका छन ।नेपालको राजनीतक इतिहासमा महत्वपूर्ण योगदान दिएको र स्थान ओगटेको यस जिल्लामा एक प्रतिनिधि सभा र २ प्रदेस क्षेत्र रहेका छन ।यस जिल्लाका प्रदेस क्षेत्र १ मा अम्बिर बाबु गुरुङ र प्रदेस क्षेत्र २ मा मोहन खड्का विजयी बनेका छन ।

प्रतिनिधि सभा क्षेत्रमा विजयी बनेका सुनुवारले २०६४ सालको संविधानसभा चुनावमा पराजित भएका थिए भने २०७० सालको दोस्रो संविधानसभामा जित हात पारेका थिए ।

२०२९ साल कात्तिक ३ गते ओखलढुङ्गाको श्रीचौर २ लिस्पुमा जन्मिएका सुनुवारले २०४५ सालदेखि अनेरस्ववियुबाट राजनीति सुरु गरेका हुन् ।

उनले २०४६ सालमा भएको जनआन्दोलनताका संयुक्त बाम मोर्चा ओखलढुङ्गाको ईलाका सचिवको जिम्मेवारी बहन गरेका थिए ।

२०५३ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंमा स्ववियू सभापति रहेका सुनुवार २०५७ सालमा महेन्द्ररत्न क्याम्पस ताहचलको पनि स्ववियू सभापति बनेका थिए ।उनले एक जना व्यक्ति काठमाडौं का २ प्रमुख क्याम्पसको सभापति बन्ने सुनौलो अवसर प्राप्त गरेका थिए ।

२०५७ सालदेखि २०६० सालसम्म त्रिवि परिषदको सभाषद रहेका सुनुवार २०५८ देखि २०६० सालसम्म स्ववियू काउन्सिलको पनि संयोजक बनेका थिए  ।

उनले राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन । नेकपा एमालेको केन्द्रिय सदस्य रहेका सुनुवारले विधार्थी राजनीतिमा रहदा रहदै निकै विषम परिस्थितिमा ओखल ढुंगा मा नेकपा एमालेको नेतृत्व सम्हालेका थिए ।

उनले ओखलढुङ्गामा नेतृत्व लिदा त्यहा निकै जटिल र अफ्ट्यारो परिस्थिति रहेको उनका निकट सहयोगीहरु बताउछन ।त्यस समयमा माओवादीहरुको ज्यादती चरम थियो भने ओखलढुङ्गा नेपाली कांग्रेसको राजनीतिक आन्दोलनको पर्याय झैँ रहेको ति नेताले बताए ।सुनुवार त्यस समय बिभिन्न ज्यादतीको शिकार बनेका आफ्ना सहकर्मीको गलेको आत्माबल उठाएर संगठित गर्न सफल बनेका थिए ।

त्यस्तो समयमा पार्टीको नेतृत्व गरेर ओखलढुङ्गमा नेकपा एमालेलाई विजयी बनाउने अभियानको नेतृत्व गरेका सुनुवारले नेपालमा केहि समय चलेको जातीय आन्दोलनको खिलाफ उभिएर आफ्नो पृथक पहिचान समेत स्थापना गरेका थिए ।

आफ्ना सहयात्रीहरुको हत्या हुदा ति सहयात्रीको रगतले लत्पताएको सरिर अगाडी उभिएर तिनको सपना साकार पार्ने कसम खादै उनले तमाम जोखिम मोलेर संगठन विस्तार गरेका थिए जसको परिणाम अहिलेको निर्वाचनमा जीत निकालेर उनले देखाएका छन ।

ओखल ढुंगा जिल्लाको राजनीतिमा स्थापित बनेका सुनुवार अव देशको केन्द्रिय राजनीतिमा आफ्नो स्थान बनाउने प्रयासमा छन ।उनको यो प्रयास र पहल कदमीले सार्थकता प्राप्त गर्छ वा गर्दैन त्यो केहि समय पश्चात निर्क्यौल हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।